११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोन्द्राङ सवारी दुर्घटना: १९ व्यक्ति घाइते (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । बुधबार दिउँसो करिब ११:४० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा एक स्कुल बससँगै, शव बाहन र मोटरसाइल तथा स्कुटरहरु एकापसमा ठक्कर खाँदा १९ व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ७ जना गम्भीर, ५ जना मध्यम र ७ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालतर्फ पठाइएको र सम्पूर्ण सवारी साधन घटना स्लमै रहेको प्रहरीले बताएको छ ।

बस चालक नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको र घटनास्थलमा इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली गएको पनि प्रहरीले जनाएको छ ।