११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको टिकौलीमा भयानक दुर्घटना -फोटो फिचर



अ+ अ-

काठमाडौँ । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा केहीबेर अघि भयानक सवारी दुर्घटना भएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । दुर्घटनामा परेका केहीको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।

 

फोटो -राजेन्द्र आचार्यको फेसबुकबाट