२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु



symbolic picture
अ+ अ-

मनहरी । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुङ्गाले थिचेर ज्यान गएको हो ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मङ्गलबार गाईभैँसी चराउन गएकी उनी बसेको ढुङ्गा पल्टिएर त्यसले थिच्दा ज्यान गएको हो । इलाका प्रहरी कार्यालय निजगढको टोली आज घटनास्थलमा पुगेको उहाँले बताउनुभयो ।

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ चित्रेघारीमा भीरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा घाँस काट्न गएका उनी मङ्गलबार चिप्लिएर भीरबाट खसेका थिए । गम्भीर घाइते बम्जनलाई उपचारका लागि फर्पिङस्थित मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।