६ श्रावण २०८३, बुधबार
,
Latest
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीमा बढे अन्तर्राष्ट्रिय पर्यटक, रेकर्ड कायम गर्ने अपेक्षा



अ+ अ-

एजेन्सी । इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलवारबाट शुरु भएको छ ।

बिदाको शुरुवाती दिन मंगलवार इटालीमा पर्यटकहरुको रेकर्ड ब्रेक भएको बताइएको छ ।

कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन लागेको हो । यस वर्ष इटालीमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या धेरै हुने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ मा ९६ मिलियन पर्यटकहरुले इटालीको भ्रमण गरेका थिए । यो हालसम्मकै उच्च संख्या थियो ।

तर यस वर्ष भने सो संख्या भन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ । इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सको हालै मात्र सार्वजनिक तथ्यांकका अनुसार दोस्रो त्रैमासिकमा इटालियन अर्थव्यवस्थामा ०.३ प्रतिशतको गिरावट आएको छ । तर जुलाईमा भने गत वर्षको तुलनामा ५.९ प्रतिशत धेरैले वृद्धि भएको बताइएको छ ।

अहिले पर्यटकहरुको चहलपहल बढ्न थालेसँगै आर्थिक गतिविधि पनि वृद्धि हुँदै गएको स्थानीय अधिकारीहरुको भनाइ छ ।