६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन
file photo
अ+ अ-

काठमाडौँ । संसदीय समितिले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद, राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय नभएको निष्कर्ष निकाल्दै तत्काल तोक्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिएको हो ।

दलितसम्बन्धि विभेद र उत्पीडन हेर्ने छुट्टै मन्त्रालय तोक्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो । त्यसैगरी समितिले दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ । कार्यान्वयन भए, गरेका कामहरुको अनुगमन गरी त्यसको प्रतिवेदन नियमित रुपमा बुझाउन पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई निर्देश गरिएको पनि समितिले जनाएको छ ।

समितिका सभापति पन्थले भन्नुभयो, ‘दलित समुदायको विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने विषयमा राष्ट्रियसभाबाट पारित संकल्प प्रश्ताव कार्यान्वयनका लागि दिगो विकास तथा सुशासन समितिको तर्फबाट तयार पारिएको कार्ययोजना आवश्यक सुझाव र परिमार्जनसहित कार्यान्वयन गर्न सम्बन्धित नेपाल सरकार, सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको छ ।

त्यसैगरी प्रश्तावित उक्त कार्ययोजना कार्यान्वयन र यसको अनुगमनका लागि चाहीँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले समन्वय गर्न र नियमित रुपमा यसको प्रतिवेदनहरु समितिलाई पठाइदिन पनि हामीले निर्देशन गरेका छौं । र, दलित सम्बन्धि विषय हेर्ने लाईन मिनिस्ट्री कुन हो ? भन्ने अन्योलग्रस्त भएको हुनाले त्यो विषय हेर्ने मन्त्रालय तोक्नका लागि पनि मन्त्रीपरिषद् कार्यालयलाई हामीले निर्देशन दिएका छौं ।’

बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव विनोदप्रकाश सिंहले समितिले दिएको निर्देशन पालना गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले दलितलगायतका जातीय विभेद अन्त्यका लागि मुलुकमा विद्यमान कानून कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक्ता आंैल्याउनु भयो ।

सचिव सिंहले भन्नुभयो, ‘विभेदलाई अन्त्य गर्ने कुराहरु अहिले भएका कानुनले पनि ८०/९० प्रतिशत काम गर्छ । तर भएका कानुनहरु पनि कतिपय अवस्थामा लागू हुन सकेनन् । तिनीहरुमा पनि हाम्रो ध्यान पुग्न सकेन । कर्मचारी तन्त्र र जनप्रतिनिधिहरुबाट पनि त्यसमा यथोचित ध्यान पुग्न सकेन ।’

सचिव सिंहले जातीय विभेद अन्त्यका लागि जनप्रतिनिधिहरुको तर्फबाट पनि पहलकदमी लिने काममा कमी रहेको हो कि भन्ने आफूहरुलाई लागेको प्रतिक्रिया पनि दिनुभएको थियो ।