५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो



अ+ अ-
मुगु ।  सोमबार यहाँ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनुभएका सोरु गाँउपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिनुभयो । घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड-२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ ।
साथै दुर्घटनामा परी घाइते सोरु-७ का चालक दिनेश लावड, सोरु(५ का गोविन्दा शाही सोरु(६ का सेरे रोकाया र हुम्ला सिमिकोट-२ का उदीप बोहोराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।
सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ । रासस