१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

गौर हत्याकाण्डका अपराधी जोगाउन दलीय सहमति भयो, हामी स्वीकार्न सक्दैनाैं – संघर्ष समिति

गौर हत्याकाण्डका अपराधी जोगाउन दलीय सहमति भयो, हामी स्वीकार्न सक्दैनाैं – संघर्ष समिति
अ अ+ अ-

काठमाडाैंः गौर हत्याकाण्डका पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानुनी दायरामा ल्याउन यही साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समिति र नेपाल सरकारबीच पाँच बुँदे सहमति भएपनि सतारूढ़ दलहरूको सोमबार साँझ बसेको बैठकले गरेको निर्णय अवैध एवं आपत्तिजनक रहेको संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिले एक विज्ञप्ति प्रकाशन गरी  ऐतिहासिक पाँच बुँदे सहमति भएलगतै गौर हत्याकाण्डका अपराधीहरुको छटपटाहट एवं निन्द्रा हराम हुन थालेको देखेर विगत १७ वर्षदेखि अनवरत न्याय प्राप्तिको पर्खाईमा बसेका पीडित परिवारहरुले अब छिट्टै न्याय पाउने र देशमा कानुनको शासन तथा मानव अधिकारको रक्षा हुने कुराको गहिरो अपेक्षा एवं दृढ विश्वास सहित सन्तोषपूर्वक धैर्यवान भएर बसिरहेको सन्दर्भमा सोमबार साँझ सतारूढ़ दलले आफ्नो भागबण्डाको राजनीति तथा संसदीय अंकगणितको गलत प्रभावमा परेर सहमति पत्रको सियाही (मसी) समेत सुक्न नपाउदै गैरजिम्मेवार एवं बेईमानीपूर्ण ढंगले अपराधीहरुलाई जोगाउन गरेको अवैध एवं आपत्तिजनक सम्प्रेषणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस गलत कार्यको कडा शब्दमा खुल्ला विरोध एवं घोर भर्तस्ना गर्दछौं भन्दै विज्ञप्तिमा सत्तारूढ़ गठबन्धनको यस दुस्प्रयासले देशमा कानुनी शासन र मानव अधिकारमाथि ठाडो प्रहार र सुशासनको सट्टा आम जनतालाई जंगलराजको प्रत्याभूति दिलाउने कार्य भएको आभास हामी पीडित परिवारहरुले गरिरहेका छौं भनिएको छ । 

नेपाल सरकार (राज्य) आफ्नो निर्दिष्ट जिम्मेवारी एवं उत्तरदायित्वबाट च्युत/ विमुख हुनुको सट्टा समयमै/ यथाशीघ्र सहमति पत्रलाई ईमानदारीपूर्वक अक्षरसः पालना गर्दै कानुन संगत तरिकाले न्यायको पथमा अविचलित एवं निर्भिकता पूर्वक अगाडि बढ्नुपर्ने जोडदार माग समेत गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

हाम्रा न्यायोचित मागहरुलाई सरकारले कुनैपनि बहानामा आफ्नो सत्ता स्वार्थको निम्ति बलि चढाउने दुस्प्रयास गरे हामी पुनः कडाभन्दा कडा जनसंघर्षका कार्यक्रमहरु गर्न बाध्य हुनुपर्ने र यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं राज्य पक्षले नै लिनुपर्ने विषय अग्रीम रुपमा अवगत समेत गराउन चाहन्छौं, संघर्ष समितिका तर्फबाट संयोजक रुपसागर देवी उपाध्यायले जारी गरेको विज्ञप्तिमा छ ।

सरकार र संघर्ष समितिबीच भएको सहमति प्रति सरकारमा सहभागी जनता समाजवादी पार्टीले विरोध गरिरहेको थियाे ।