२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को वर्षको हजका लागि आवेदन खुला, १२०० ले हज गर्न सक्ने



अ+ अ-

काठमाडौं: नेपाल हज समितिले आगामी वर्ष सन् २०२४ का लागि साउदी अरबको मक्का मदिनामा हज गर्न चाहने नेपाली इस्लाम समुदायका लागि आवेदन माग गरेको छ ।

साउदी अरबले आगामी वर्षका लागि १२०० जनालाई हजका लागि कोटा तोकेको समितिले जनाएको छ ।

समितिले हजमा सहभागी हुने व्यक्तिले पहिलो किस्ता बापत रु. १ लाख ५० हजार यही साउन ३० गतेदेखि असोज ३० गतेभित्र बुझाएर आवेदन दिन सक्ने बताएको छ ।

हजयात्रीले आवेदनका साथ नेपाली नागरिकताको फोटोकपी, राहदानीको फोटोकपी, हज शुल्क तिरेको रसिद, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, कोभिड१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र दिनुपर्ने समितिका कार्यवाहक अध्यक्ष मकवुल मियाँले बताउनु भएको छ ।