१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरिष्ठ पत्रकार भैरव रिसालको निवासमा एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली बरिष्ठ पत्रकार भैरव रिसालको घरमा पुगी उहाँलाई ९६ औं जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ ।

ओलीले रिसालको सुस्वास्थ्य र खुशीको कामना समेत गर्नुभएको छ ।

रिसालको घरमा पुगी शुभकामना व्यक्त गरेको फोटो सामाजिक संञ्जालमा राख्दै ओलीले लेख्नु भएको छ –

त्यतिखेर अहिलेजस्तो सोसल मिडिया थिएन। समाचार खोज्न र प्रकाशन गर्न कठिनाइ थियो। भर्खरै सञ्चार माध्यमको विकास हुँदै थियो। पत्रकार भैरव रिसालले राणा शासन ढलेर भर्खर प्रजातन्त्र आएको बेलादेखि पत्रकारिता गर्नु भयो। आज उहाँको घर पुगेर ९६ औं जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। केही हाँसो ठट्टा र केही पुराना कुराहरु पनि सम्झना गरियो । उहिल्यै लिपुलेक कालापानी क्षेत्रमा उहाँ जनगणना टोलीमा पनि सामेल हुनुहुन्थ्यो। उहाँको सुस्वास्थ्य र खुशीको कामना गर्दछु।