१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

काठमाडौ महानगरपालीकाबाट ११ र १२ कक्षाको छात्रवृत्तिको नतिजा सार्वजनिक

काठमाडौ महानगरपालीकाबाट ११ र १२ कक्षाको छात्रवृत्तिको नतिजा सार्वजनिक
अ अ+ अ-

काठमाडौ । काठमाडौ महानगरपालीकाले ११ र १२ कक्षाको छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको छ ।

महानगरपालीका प्रमुख बालेन साहले छात्रवृत्ति कोटामा अध्ययन अवसर प्राप्त गर्ने विद्यार्थीहरुलाई हार्दिक बधाई दिनु भएको छ ।

महानगरपालीका प्रमुख साहले सामाजिक संञ्जालमा लेख्नुभएको छ ।

कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेका छौँ । यसबाट विज्ञान विषयमा १,४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउनुहुनेछ । यसरी प्राप्त हुने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइनेछ ।

साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु शिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं।, अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं।, श्रेणी ९र्‍याङ्क०, प्राथमिकता आदेश ९प्राइरोटी अर्डर० समावेश गरिएको छ ।

यसैगरी क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका बिद्यार्थी, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी भनेर उल्लेख गरिएको छ ।

यस कोलममा छात्रा, आदिबासी र जनजाति, मधेसी, खस आर्यलाई, दलित, मुस्लिम, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ । यस्तै स्कूल टाइपमा एसईई उत्तीर्ण गरेको विद्यालयको प्रकार ९संस्थागतरनिजी० सम्बन्धी विवरण राखिएको छ ।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तह सम्म्को शैक्षिक अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने हाम्रो चाहना हो । यसलाई निष्पक्ष र सन्तुलित बनाउन हामीले विकास गरेको प्रणालीमा आधारित नतिजा सार्वजनिक गरेका छौँ । पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । यसपछि हामी भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्नेछौँ ।

यससँगै शैक्षिक संस्थाहरुलाई छात्रवृत्ति कोटाबाट भर्नाका आएका विद्यार्थीहरुलाई भर्नाका लागि सहजीकरण गरिदिनु हुन आग्रह गर्दछौँ ।

विद्यार्थीहरुले भर्ना प्रक्रियाका लागि http://kathmandu.gov.np/ वेभ ठेगानामा गएपछि खुल्ने पेजमा देखिने Check Your Status मा थिच्नुपर्छ । यसले मागेका विवरण दिएपछि भर्ना शिफारिससहितका विवरण प्राप्त हुनेछन् । यस प्रक्रियामा कुनै अन्यौलता भए यमलाल चौलागाईँ ९८४१ ३८६९४९, खगराज जोशी ९८४१ ३७६६१८, डा. शर्मिला पोखरेल ९८४१ ३५४१२४, इन्द्रप्रसाद दाहाल ९८५१० ६६६१७ र नेत्रनारायण पौडेल ९८५११९९९४५ मा सम्पर्क गरेर सहयोग लिनुहोला ।