१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव चीन प्रस्थान



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाइ गर्नुभयो ।

 

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछ ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उहाँकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा हुनुहुन्छ । रासस