• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   सुपर ८ मा पुगेपछि रोहितले भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन ★   मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ ★   शीतगृहले धरानका किसानलाई राहत ★   ‘दिवाली होस् या होली, अनुष्का लव कोहली’, ‘१० रुपैयाको पेप्सी, कोहली भाई सेक्सी’ ★   समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग ★   थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु ★   सङ्खुवासभामा पहिरोले तीन घर बगायो ★   जसपा नेपालको महाधिवेशन: अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै ★   सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल ★   आजको विकासको भोक मेट्न भावी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगको अन्धाधुन्ध विनाश रोकौँ: महामन्त्री शर्मा

पहिरोमा बेपत्ता बाबुु छोरामध्ये छोराको शव भेटियो



दोलखा । अविरल वर्षाका कारण आइतबार दिउसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ ।

आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए । निमदोर्जे अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले बताउनुभयो ।

आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मुलखोलाले बगाए पछि उनीहरू बेपत्ता भएका थिए । उहाँका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने हिजो साँझ नै भेटिएका थिए ।

सो घटनापछि प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको थियो । अविरल वर्षा जारी रहेकाले खोजीकार्यमा कठिन भएको प्रहरीको भनाइ थियो । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मङ्गबार तामाकोशी नदीमा तितेमाछा टिप्न गएका विगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो ।

त्यस्तै गत बिहीबार गौरीशङ्कर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको थियो भने सोही स्थानको पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको प्रहरीको भनाइ थियो ।