२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने सुनील शर्माको चेतावनी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा भन्नुभयो, “अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु।”

सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दु:ख दिएको उहाँको भनाइ थियो । सांसद शर्माले प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न गर्नुभयो ।

“गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ?” सांसद शर्माले भन्नुभयो, “यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासदलाई बिना पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था के हुन्छ?”