२० श्रावण २०८३, बुधबार
,
Latest
आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक, राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए चितवनमा गत आवमा जुवाडेबाट रु १२ लाख बरामद सरकार र अभियान्ता रानाभाटबीचमा १९ बुँदे सहमति जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु सरकार र अभियान्ता रानाभाटबीचमा १९ बुँदे सहमति जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरणमा महराबारे माओवादीले होइन, सीआईबीले भन्नुपर्छ: गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करी प्रकरणमा नाम मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे सीआईबीले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

सोमबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै महामन्त्री थापाले महराबारे माओवादीले नभई सीआईबीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गरिनुपर्ने बताउदै थापाले भने, ‘माओवादीको पदाधिकारी बैठकले कृष्णबहादुर महरालाई प्रष्ट पार्न भनेछ । यो कुरा पार्टीको बैठकले भन्ने होइन । सीआईबीले छानबिन गरेर कुरा के हो भन्नुपर्छ ।’

यस्तै,गठबन्धन सरकारले गरेका राम्रा र नराम्रा दुवै कामको जिम्मा कांग्रेसले लिनुपर्ने गगनको भनाई छ ।