२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.54

Humidity: 72

Latest
काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा आज जनआन्दोलन दिवस मनाइँदै रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको कागबेनीमा बाढीले १० घर र पक्की पुल बगायो



अ+ अ-

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आईतबार साँझ आएको आकस्मिक बाढीले मुक्तिक्षेत्र—२ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागबेनीमा १० घर र पक्की पुलसहित बाढीले बगाएको छ।

अविरल वर्षासंगै मुस्ताङको साङ्ता खोला थुनिएको थियो । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आईतबार साँझ करिव ७ बजेदेखि साङ्ता खोला थुनिएको जानकारी दिनुभयो । साङ्ता हुँदै बग्ने ठाँडो खोला पहिरोे खसेपछि खोला थुनिएको हुनसक्ने प्रजिअ केसीको भनाई छ ।

यसैगरी मुक्तिनाथबाट बहने वारागुङ—२ छेङ्गुर ,झोङ, पुडाकबाट बहने ३ वटा शाखा नदीको बाहव उच्च हुँदा कागबेनी गाउँमा बाढीको त्रास बढेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले जानकारी दिए । उनका अनुसार अहिले ठाडो खोलाको बाढीले कागबेनी गाउँको तटीय बस्ती जलमग्न भएको उनले बताए ।‘ कागबेनीमा ठाँडो खोलाले श्राद्धस्थल ,धर्मशाला र केही घरहरु जलमग्न भएको छ,’ अध्यक्ष गुरुङले भने,‘ गाउँ भित्रको अस्थायी पुल पुलेसा र एक घर बगाएको जानकारीमा आएको छ, अहिले रात परेर क्षति विवरण एकिन गर्न सकिएको छैन ।’

यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङले अविरल वर्षासंगै आएको बाढी कागबेनीको तटीय क्षेत्रको बस्तीमा पसेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्तान्तरण गरिएको बताएको छ ।’कागबेनी र त्यस आसपासका बस्तीमा बाढीको जोखिम बढेको,स्थानीय बाढीको त्रासमा छन्,प्रजिअ केसीले भने, प्रहरी र प्रशासनले बाढीको अवस्था र स्थानीयसंग समन्वय र सहकार्य गरिहेको छौं,हामी तैयारी अवस्थामा बसेका छौं, रातीका समय भएकाले केही असहज भएको छ ।

कागबेनीका एक स्थानीयले दिएको जानकारी अनुसार बाढीले कागबेनीको गुम्बा,स्कुल, प्रहरी चौकी र एक दर्जन बढी घरहरुमा बाढी पसेको जनाईएको छ । बाढीले कोरलानाका जाने कागबेनीमा निर्माणधिन पक्की पुल समेत बगाएको आशंका गरिएको छ ।

कागबेनी माथिका शाखा खोलाको बाहव उच्च हुँदा कालिगण्डकी नदीको सतह समेत उच्च भएको बताईएको छ । कागबेनी माथिको शाखा खोला थुनिएको थााहा पाएपछि जोमसोम बजारमा समेत बाढीको त्रास बढेको बताईएको छ । अहिले स्थानीयहरु घर बाहिर निस्किएर खोलाको सतह नियालिरहेका छन् । कागबेनी गाउँको तल्लो बस्तीका दुई दर्जन घरहरुका स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । अहिले सम्म मानवीय क्षति नभएको प्रशासनले बताएको छ ।

राती अबेर मात्र बाढी आएकाले क्षति विवरण एकिन गर्न सकिएको छैन ।

-नबिन अंकुरकाे सहयाेगमा