१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो स्पर्स



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले बराबरी खेलेको छ । गएराति भएको खेलमा स्पर्सले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

ब्रेन्टफोर्डको घरेलु मैदान जीटेक कम्युनिटी स्टेडियममा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो ।

खेलको ११ औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै स्पर्सलाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा ब्रायन एम्वेउमोले पेनाल्टीमार्फत गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए ।

यस्तै, योआने वीसाले ३६ औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ ले अघि बढाए । तर, पहिलो हाफको इन्जुरी समयमा एमर्सन रोयलले गोल गर्दै टोटेनहमलाई २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने दुबै टोलीले स्कोर निकाल्न सकेनन् र एक–एक अंक बाँडे ।