१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र लिभरपुलले बराबरी खेले



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै सिजनको पहिलो खेलमा अंक बाँडेका हुन् । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो ।

१८ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ३१ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गरेको गोल र ४० औं मिनेटमा चेल्सीका चिलवेलले गरेको गोललाई भिएआरले मान्यता दिएन । दुवै जना अफसाइड रहन पुगे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टिमले समान एक–एक अंक जोडे ।