२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैवाखोलाको बाढीले चार घर जोखिममा



अ+ अ-

ताप्लेजुङ । गएरातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ । बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका चार घर उच्च जोखिममा परेका स्थानीय तिलक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार डम्बर धितालसहितका चार घर जोखिममा परेका छन् । बिहान करिब ८ बजेदेखि उक्त खोलामा बाढी आएको हो । यस्तै बाढीले दोभान र चाँगे जोड्ने खोलाको वारिपारि दुवैतर्फको सडक बगाएको उहाँले बताउनुभयो ।

खोला किनारमा पर्ने दुवै तर्फको सडक बगाएपछि चाँगे दोभान सडक खण्डमा यातायात ठप्प बनेको छ । असार पहिलो साता मौवाखोलामा बाढी आउँदा खोला माथिको पुल जोखिममा परेको थियो भने सडक बगाएको थियो । प्राय: बर्सेनि आउने बाढीले दोभानवासीलाई समस्यामा पार्दै आएको स्थानीयले बताएका छन् ।

ताप्लेजुङमा गएरातिदेखिको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा यातायात सञ्चालनमा कठिनाइ भएका छन् । निरन्तरको वर्षाले पहिराको जोखिम रहेका क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ । रासस