जापान । जापान म्यानमारको सेनाले नियन्त्रणमा लिएका जापानी पत्रकार हिरोकी किताजुमी हिरासतमुक्त भएका छन् । जापानको विदेश मन्त्रालयले जनाएअनुसार उनि जापानको स्थानिय अनुसार दिउसो १ बजे हिरासतमुक्त भएका हुन् ।
जापानी पत्रकार हिरोकी किताजुमीलाइ गत महिना १८ गते म्यानमारको सेनाले नियन्त्रणमा लिएको थियो । उनलाई १४ गते बिहान म्यानमारको यानगुन अन्तराष्ट्रिय बिमानस्थलमा लागि दिउसो १ बजे रिहाइ गरिएको र आजै जापान फर्कने बताईएको छ ।
यसअघि उनलाई बिनाशर्त रिहा गर्न जापानले आग्रह गरेता पनि गलत समाचार सम्प्रेषण गरेको आरोपमा म्यानमारको सेनाले अदालतमा मुद्दा दायर गरेको थियो ।











