५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकअर्कालाई विश्वास गर्न र चेक गर्न अर्थमन्त्रीको भन्सार कर्मचारीलाई निर्देशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिनुभएको छ ।

भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा उहाँले कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भनेजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु गर्न आग्रह गर्नुभयो ।

भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने उल्लेख गर्दै उहाँले उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न र साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गर्दै उहाँले भन्नुभयो, “तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सतर्कताका साथ काम गर्नुहोला ।”