१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्नलाई स्तब्ध पार्दै लाइप्जिगले जित्यो जर्मन सुपर कपको उपाधि



अ+ अ-

एजेन्सी । जर्मन सुपर कपको उपाधि आरबी लाइप्जिगले जितेको छ । गएराति भएको फाइनलमा बायर्न म्युनिखलाई ३–० गोलले स्तब्ध पार्दै लाइप्जिगले उपाधि जितेको हो ।

लाइप्जिगको यो पहिलो उपाधि समेत हो । एलियन्ज अरिनामा भएको फाइनलमा लाइप्जिगका लागि तीनै गोल डानी ओल्मोले गरे । उनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै लाइप्जिगलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा उनले दोस्रो गोल गरे । यस्तै, ६८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ओल्मोले ह्याट्रिक पूरा गरे । महँगो मूल्यमा इंग्लिस क्लब टोटेनहमबाट बायर्न अनुबन्धित भएका ह्यारी केन खेलको ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।