१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको विजयी सुरुवात



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले नटिङघम फरेस्टलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनलले खेलको २६ औं मिनेटमा एड्डी केटियाहले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि ३२ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । यता, ८२ औं मिनेटमा ताइओ एओनीइले गोल गर्दै फरेस्टलाई १–२ गोलको अवस्थामा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र आर्सनल विजयी बन्यो ।

गत सिजनको उपविजेता आर्सनलले पहिलो खेलमा ३ अंक जोड्न सफल भएको छ । यता, फरेस्टले भने हारबाट लिगको सुरुवात गरेको छ ।