काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् ।
कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच छलफल जारी रहेको छ ।
यी दलहरुले सरकारको दाबी नगरेसँगै केपी शर्मा ओली बिहीबार बेलुकी पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
तत्काल ओलीलाई प्रधानमन्त्री हटाउन नसके पनि सहकार्यलाई जारी राख्नेबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।











