काठमाडौँ । नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्यापिएको छ ।
शनिबार बिहान हेटौंडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले मोबिल छ्यापेका हुन् ।
स्कुटरमा आएका दुई जनाले पाठक खाना खान आइरहेको बेलामा मोबिल छ्यापेर भागेको प्रहरीले जनाएको छ । केही मोबिल पाठकको कपडामा लागेको थियो ।
पाठकले घटनापछि प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् । मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान खुुल्न सकेको छैन । तर, सिसिटिभी फुटेज भेटिएको छ । प्रहरीले सोही फुटेजको आधारमा उनीहरूको खोजी जारी राखेको छ ।