१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरपालिकाले छापामार शैलीमा पृथ्वीनारायण शाहको शालिक हटायोः राप्रपा प्रवक्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले पोखरा महानगरपालिकाले मध्यरातमा छापमार शैलीमा पृथ्वीनारायण शाहको शालिक हटाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत महानगरपालिकाले शालिक हटाउनु दुःखद, निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् ।

उनले भनेका छन्ः ‘पोखराको पृथ्वी चोकमा बुधबार केही उच्छृङ्खल समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवा लगायतले पुनःस्थापना गरेको र शुक्रबार मध्यरातमा पोखरा महानगरले छापामार शैलीमा फेरि हटाएको खबर दुःखद, निन्दनीय र आपत्तिजनक छ।’

यस्तै, श्रेष्ठले पृथ्वीनारायण शाह राजसंस्था नमान्ने गणतन्त्रवादीहरुका पनि राष्ट्रनिर्माता भएको जिकिर गर्दै उनको शालिकमाथि भइरहेको अपमान स्वाभिमानी नेपालीको समेत अपमान भएको बताएका छन् ।

‘पृथ्वीनारायण शाह त राजसंस्था नमान्ने गणतन्त्रवादीहरुका पनि राष्ट्रनिर्माता हुन्, नेपाली हुँ भनेर गर्व गर्नेले इतिहासको अपमान सहन हुँदैन । पोखरामा उहाँको शालिकमाथि भइरहेको अपमान स्वाभिमानी नेपालीको अपमान हो । आफ्नो गौरवशाली इतिहासमाथिको अपमानमा मौनता साँधेर नबसौं, उठौं, जागौं’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

पृथ्वीनारायण शाहको शालिकमाथिको निरन्तरको वक्रदृष्टि कुनै एउटा पार्टीको विषय मात्रै नभएको बताउँदै प्रवक्ता श्रेष्ठले राष्ट्रनिर्माताको यथोचित सम्मान हरेक राजनीतिक दल र देशभक्त नागरिकको साझा विषय हुनपर्नेमा जोड दिएका छन् ।

बुधबार एक समूहले पोखराको पृथ्वी चोक (लखन चोक)मा रहेको पृथ्वीनारायण शाहको शालिक सडकमा फालेको थियो । सडकमा फालिएको शाहको प्रतिमा बिहीबार राप्रपाका कार्यकर्ताले पुनःस्थापना गरेका थिए ।