३ आश्विन २०८१, बिहीबार
,
Latest
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी च्याम्पियन्स लिगः पिएसजीको संघर्षपूर्ण जित इन्टरसँग बराबरीमा रोकियो सिटी ‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ ! पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी राकेश अडुकियाका छोरा रोहन रिहा



अ+ अ-

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन् ।

भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले शुक्रबार पक्राउ गरेको थियो ।

रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन् । अध्यागम विभागले खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई आज रिहा गरिएको छ जनाएको छ ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई रिहा गरिएको हो ।

सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई मौखिक रुपमा अडुकियालाई कालोसूचीमा राख्‍न भनेको थियो । सोही आधारमा विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तर, सुन काण्डको अनुसन्धान भने हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरिरहेको छ । सीआइबीले आफ्नो अनुसन्धानमा रोहनसँगको कनेक्सन नदेखिएको भन्दै जिम्मा लिन नमानेपछि उनलाई रिहा गरिएको हो ।