१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायी राकेश अडुकियाका छोरा रोहन रिहा



अ+ अ-

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन् ।

भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले शुक्रबार पक्राउ गरेको थियो ।

रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन् । अध्यागम विभागले खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई आज रिहा गरिएको छ जनाएको छ ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई रिहा गरिएको हो ।

सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई मौखिक रुपमा अडुकियालाई कालोसूचीमा राख्‍न भनेको थियो । सोही आधारमा विमानस्थल प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

तर, सुन काण्डको अनुसन्धान भने हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गरिरहेको छ । सीआइबीले आफ्नो अनुसन्धानमा रोहनसँगको कनेक्सन नदेखिएको भन्दै जिम्मा लिन नमानेपछि उनलाई रिहा गरिएको हो ।