
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी एमालेमा प्रवेश गरेकी हुन् ।
ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन् ।
तुलाधरसहित एमाले प्रवेश गर्ने नेकपा एसका केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ ।