४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा

इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा
अ+ अ-

एजेन्सी । लिग्स कप अन्तर्गत आज बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा इन्टर मियामीले जित निकालेको छ ।

चार्लट एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै मियामी सेमिफाइनल प्रवेश गरेको हो । मियामीको जितमा जोसेफ मार्टिनेज, रोबर्ट टेलर र लियोनल मेसीले एक–एक गोल गरे । एक गोल भने मियामीले उपहारस्वरुप पाएको थियो ।

खेलको १२औं मिनेटमा पेनाल्टी मार्फत मार्टिनेजले गोल गरेका थिए ।

यस्तै, ३२औं मिनेटमा टेलरले अग्रता दोब्बर बनाए । ७८औं मिनेटमा चार्लटका मालान्दाले आत्मघाती गोल गर्दा मियामी ३–० गोलले अघि बढ्यो ।

खेलको ८६औं मिनेटमा अर्जेन्टिनी सुपरस्टार मेसीले गोल गरे । यो सहित मेसीले मियामीका लागि पाँच खेलमा आठ गोल गरिसकेका छन् । साथै, लिग्स कप २०२३ मा मेसी सर्वाधिक गोलकर्ता बनिसकेका छन् ।

अब मियामीले सेमिफाइनलमा फिलाडेल्फिया यूनियन विरुद्ध खेल्नेछ । सेमिफाइनल खेल आगामी मंगलबार हुनेछ ।