• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

उपत्यकामा हाटबजार, कृषि प्रवर्द्धनमा साझेदारी र सहकार्यको अवसर – फोटो फिचर



काठमाडौ । पछिल्लो केही वर्ष यता काठमाडौ उपत्यकाका विभिन्न स्थानमा रैथाने उत्पादन बिक्री बितरणका लागि हाटबजार लाग्ने गरेको छ ।

बिभिन्न स्थानमा शनिबार कृषिजन्य सामग्रीको स्टल राखिने गरी रैथाने कृषि हाटबजार सुरू भएपछि क्रेता र बिक्रेता दुबैको आकर्षण र चासो बढेको छ । दरबारमार्ग, लाजिम्पाट, भनिमण्डल लगायतका क्षेत्रमा हाटबजार लाग्ने गरेको छ । यस्ता हाटबजार बिहानदेखि मध्याह्न १२ बजे सम्म सञ्चालन हुने गरेका छन् ।

कृषि हाटबजारमा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी फलफूल र तरकारी पाइन्छ । यसैगरी कृषिजन्य सामग्रीहरु फर्सीको मुन्टा, रायो साग, मह, आलु तथा अन्य सामाग्री राख्ने गरिन्छ ।

दरबारमार्गको हाटबजारमा सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरू मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्लो, ढिकी, ओदान जस्ता सामाग्री प्रदर्शनीमा राखिएको छ ।

बजारमा हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउबिजन, बिरूवा, फूल र प्राङ्गारिक मल, नेपाली मौलिक परिकार, दुग्धजन्य उत्पादन, मासुजन्य थोक र बेकरी, कफी तथा चियाका स्टल समेत देख्न सकिन्छ ।

जहाँ किसान उपभोक्ताबीच सिधा सम्पर्क हुने गरेको छ । यस्तो बजारका कारण जैविक विविधता र मौलिक नेपाली खानाको प्रचारप्रसार समेत हुने गरेको छ ।