२३ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको असममा चट्याङ परेर १८ हात्तीको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको असम राज्यमा चट्याङ परेर १८ वटा हात्तीको ज्यान गएको छ । केही दिनअघि नागाँवमा आएको आँधीहुरी र चट्याङमा परी उनीहरूको मृत्यु भएको हो ।

वन विभागका कर्मचारीहरूले दुईवटा समूहमा गरी हात्तीहरूको शव भेटेका थिए । असमका नवनियुक्त मुख्यमन्त्री हिमन्त विश्व शर्माले यति धेरै हात्तीहरूको मृत्युबाट आफू चिन्तित भएको बताएको छ । 

वन विभागका अमित सहायले भने, ‘चारवटा हात्तीको शव एक ठाउँमा अनि १४ वटाको अर्को ठाउँमा भेटिएको थियो । आरम्भिक अनुसन्धानमा ती हात्तीहरू चट्याङ परेर मरेका हुनसक्ने देखिएको छ ।’ हात्तीहरू यसरी मरेको देखेपछि गाउँलेहरू शोकाकुल भएका थिए ।