१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

ज्यापु समाज ललितपुरद्वारा मन्त्रीलगायत विभिन्न व्यक्तिको सम्मान

ज्यापु समाज ललितपुरद्वारा मन्त्रीलगायत विभिन्न व्यक्तिको सम्मान
अ अ+ अ-

ललितपुर । ज्यापु समाज ललितपुरले बागमती प्रदेशका नवनियुक्त सामान्य प्रशासन तथा उद्योग मन्त्री लगायत ललितपुर जिल्लामा कार्यालय प्रमुख भएर आएका तथा सरुवा र पदोन्नति भई अन्यत्र जान लागेका विशिष्ट अधिकारीहरुलाई शुक्रबार सम्मान गरेको छ ।

ज्यापु समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जन, पुर्व अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्य, पुर्व अध्यक्षहरु चन्द्र महर्जन, वीर सिंह महर्जन, रामकाजी अवाले, मंगल महर्जन, कुललाल डंगोललगायतले नेवारी परम्परा अनुसार, जुजुद्यौ, टीका, माला, सगुन, ढाकाको टोपी तथा प्रशंसापत्र दिएर उनीहरुलाई सम्मान गरेका हुन् ।

यसरी सम्मानित हुनेहरुमा बागमती प्रदेशका नवनियुक्त उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशका पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन, संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव भरतमणि सुवेदी, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र पुर्व प्रजिअ जयनारायण आचार्य छन् ।

यसैगरि सम्मानित हुनेहरुमा ललितपुर महानगरपालिकाका प्रशासकिय अधिकृत वीरेन्द्रदेव भारती तथा पुर्व प्रशासकिय अधिकृत गणेश अर्याल, राष्ट्रिय भूमि आयोग ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जन र प्रोग्रेसिभ फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ छन् ।

ज्यापु समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले समाजको स्थापनाकालदेखि हालसम्म भए गरेका कामबारे चर्चा गरे ।