२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको रावलको आरोप

मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको रावलको आरोप
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताउनुभएको छ । शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरुको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चीकै कोरोनाको महामारी छ, अरु जनताका समस्याहरु छन्, राजनीति त्यतातिर केन्द्रीत भएर नेपालको संविधानले परिकल्पना गरेको सरह, हामी जनताले परिकल्पना गरेको कुरा,त्यता तर्फ कसरी जाने भन्नेमा अझै मेहनेत गर्नुपर्ने देखिन्छ । ”

आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्रीसंग सहमति गरि संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमाले भित्रको संकट निवारण भएको हो भन्ने संचारकर्मीको प्रश्नमा उहाँले आफुहरुको अडान यथावत रहेको प्रतिक्रिया दिनुभयो । विहिबार अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीसंग भएको वार्तामा केही सकारात्मक कुरा भएपनि त्यसले आकार नलिईसकेको प्रतिक्रिया उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो “हामी अहिले पनि कानूनी शासन मान्ने पद्धती अनुरुप देश, विभिन्न संगठनहरु विशेष गरी राजनीतिक दलहरु चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशन बमोजिम केन्द्रीय कमिटी यथावत रहनु पर्दछ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा हामी कायमै छौ । यस सन्र्दभमा हिजो जे जति कुराहरु भए ती कुराहरुमा केही सकारात्मक कुराहरु अवश्य भएका छन् । त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी छ ।”