२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि ललितपुरमा पाँच जना बढी भेला हुन नपाइने



अ+ अ-

काठमाडौं । शनिबार बिहानदेखी ललितपुर जिल्लामा पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ। जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिका क्षेत्रभित्रका केही ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने आदेश भएको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत शुक्रबारदिएको सो आदेश अनुसार शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो। आदेशको उल्लंघन गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ।

प्रशासनले विभिन्न सरोकारवालाहरूसँग छलफल गरेर जेठ १ गते प्रतिकात्मक रूपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने र खटमा राखेर बुङ्गमती पुर्‍याउने निर्णय गरेको थियो।

निषेधित क्षेत्र तोकिएको स्थान:

श्री रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र

पूर्व: मदन स्मारक स्कुल अगाडिको चोक,

पश्चिमट: श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान

दक्षिण: सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड)

उत्तर: लविम मल पश्चिमपट्टीको सडक

श्री मिन नाथको रथ रहेको आसपास क्षेत्र

पूर्व: गणेशस्थान मन्दिर

पश्चिम: टबहाल चोक

दक्षिण: ईति चोक

उत्तर: टंगल र चक्रवहिली गल्ली