• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सत्तापक्षले संसद चल्न नदिएपछि हामीले जनताको एजेण्डा राख्न पाएनौं– रघुजी पन्त



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सत्तापक्षको भूमिका खेदजनक रहेको आरोप लगाएका छन् ।

शुक्रबार संसद भवनबहिर सञ्चारकर्मीहरुसँग बोल्दै पन्तले संसद चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको र सत्तापक्ष संसदीय मर्यादा विपरित चलेको आरोप लगाए ।

‘यो अगाडि र आजपनि संसद चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको देखियो। सत्तापक्षको भूमिका खेदजनक छ’, उनले भने ।

उनले आफ्नो पार्टीले जनताको एजेण्डामा सरकारलाई ध्यानाकर्षण गराउन लागेको बेलामा सत्तापक्षले बोल्न नदिएको आरोप लगाए । सरकारको कारणले सदनमा जनताको बिषय उठाउन नपाएको उनको भनाइ छ।