१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फक्सट्रट चार्ली अपरेशन: सुमेरू सिटी अस्पतालकी डाक्टर पनि पक्राउ



अ+ अ-

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) फक्सट्रट चार्ली अपरेशन देशभरि चलाएर नक्कली शैक्षिक प्रमाणपत्र लिने चिकित्सकहरूलाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।

यसै सिलसिलामा नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ।

सिआइबीले काठमाडौँबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुमेरू सिटी हस्पिटलकी डा पुनम थापा चौधरी पक्राउ परेकी हुन्। उनलाई काठमाडौँस्थित घरबाट पक्राउ गरेको हो।

यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ। सिआइबीले मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस सांसद सुनिल शर्मालाई पनि पक्राउ गरेको छ।

नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह, डा अमित चौधरी, डा श्रद्धा शिल्पकार र डा मनित चौधरी पनि पक्राउ परेका छन्।