२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियो: जितेन्द्र देव



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले विनाकारण संसद बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गर्नुभयो ।

उहाँले बुद्धिजीवि, मिडिया, अन्तर्राष्ट्रिय समूदायले समेत संसद अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको जिकीर समेत गर्नुभयो । सांसद देवले डेमोक्रेसीको प्राण वायु संसद भएपनि एमालेले त्यसलाई चल्न नदिएर गम्भिर समस्या खडा गरेको आरोप समेत लगाउनु भयो । उहाँले सत्तारुढ दलले पाँच वर्षनै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको तर्क समेत गर्र्नुभयो ।

सांसद देवले भन्नुभयो, ‘संसद भनेको लोकतन्त्रको प्राण वायु हो । यदि पार्लियामेण्ट अवरुद्ध हुन्छ । पार्लियामेण्ट निष्क्रिय हुन्छ । काम नगर्ने स्थितिमा जान्छ भने डेमोक्रेसी सिमित हुने दिशामा अगाडि बढ्छ । यो दुनियाँभरका पोलिटिकल साइेन्टिष्टहरुले स्वीकार गरेको मान्यता हो । मूल्य हो । डेमोक्रेटिक मूल्य हो, मान्यता हो । अत्यन्त दुखद् कुरा र गम्भिर कुरा, चिन्ताको विषय आज लामो समयदेखि नेपालको संसद अवरुद्ध छ । के को लागि अवरुद्ध छ ? आज अवरुद्ध गर्ने दललाई, साथीहरुलाई म प्रश्न गर्न चाहन्छु–अत्यन्त गम्भिर भएर म प्रश्न गर्न चाहन्छु–आज मिडियाहरु पल्टाएर हेनुर््स् । बुुद्धिजीविहरुका कुरा सुन्नुस् ।’

‘ओपिनियन मेकरर्सहरुका कुरा सुन्नुस् । अन्य दलहरुका कुरा सुन्नुस् । इन्टरनेशनल कम्युनिटीका कुरा सुन्नुस् । दिनहुँ भइराखेको छ मिडियामा । तपाईहरुलाई साथ दिएका राप्रपा, रास्वपाका कुरा सुन्नुस् । तपाईहरु दिनप्रतिदिन यो अवरुद्ध गर्ने मामलामा खिइँदै जानुभएको छ । एकल हुँदै जानुभएको छ । के को यो हुँदैछ ? के अभिष्ट पूरा गर्नका लागि यो हुँदैछ ? के राज छ, के रहस्य छ ? जब देशमा एउटा पोलिटिकल स्टयाबिलिटी दिने गठबन्धनको सरकार छ । ५ वर्ष चल्ने कुरामा कुनै शंका छैन । देशमा राजनीतिक स्थिरता छ । जनताले चाहेको पोलिटिकल स्ट्याबिलिटी, अन्तराष्ट्रिय कम्युनिटीले चाहेको पोलिटिकल स्टयोबिलिटी, त्यो आज मुलुकमा छ । पाँच वर्षसम्म यो गठबन्धन दायाँबायाँ हुँदैन भन्ने स्थिति छ । ’

त्यस अवसरमा सांसद देवले ५ वर्षसम्म मुलुक सत्तारुढ गठबन्धनकै नेतृत्व चल्ने समेत बताउनु भयो ।