• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल

तोसिमाको स्वास्थ्यमन्त्री बस्नेतलाई सुझाव: डाक्टर र सम्पूर्ण स्वास्थ्यकर्मीहरु समक्ष आममाफी पनि माग्नुहोला !



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई सबै स्वास्थ्यकर्मीहरुको अभिभावकत्व महसुस गराउन सुझाव दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सांसद कार्कीले हतोत्साहित भई देशका डाक्टर, नर्स, स्वास्थ्यकर्मी सबै विदेश पलायत हुन थालिसकेको भन्दै उनीहरुको अभिभावकत्व महसुस गराउन सुझाव दिनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतले आफ्नो कार्यकालको १०० दिन पूरा भएको उपलक्षमा आज सेतो कोट दिवस मनाउन सेतो एप्रोनसहित डाक्टरहरुलाई बोलाउनुभएको रहेछ भन्दै सांसद कार्कीले विगतमा बोलेका कुरालाई लिएर समीक्षा गर्दै माफी माग्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “निरुत्साहित भई गुनासो पोख्न गएका स्वास्थ्यकर्मीलाई ‘आत्महत्या गर्ने भए डोरी मै दिन्छु, मन्त्रीकै गेटमा आई झुण्डिन भन्दिनु’ भनी अमानवीय, अमर्यादित अभिव्यक्तिसहित आत्महत्या दुरुत्साहन गर्नुभएकोमा आज ती तमाम डाक्टर र सम्पूर्ण स्वास्थ्यकर्मीहरु समक्ष आममाफी पनि माग्नुहोला ।”