२३ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न आज रातिसम्म म्याद



अ+ अ-

काठमाडौं । राजधानीमा अलपत्र भएका हरुलाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाको कारण अलपत्र भएका सर्वसाधारणलाई  उपत्यका छाड्न आज रातभर अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

प्रजिअ पराजुलीका अनुसार बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले बताउनुभयो ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म रहेको छ ।