काठमाडौं । राजधानीमा अलपत्र भएका हरुलाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाको कारण अलपत्र भएका सर्वसाधारणलाई उपत्यका छाड्न आज रातभर अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रजिअ पराजुलीका अनुसार बसपार्क र नाकामा अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पुग्न दिनको लागि उद्दारस्वरुप प्रशासनले यस्तो निर्णय गरेको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले बताउनुभयो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ १३ गते मध्यरातसम्म रहेको छ ।











