२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ… लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम बजार मर्यादित र सुरक्षित बनाउन छलफल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या र समाधान, श्रम बजारको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।

सो क्रममा वैदेशिक रोजगारीमा रहेका, स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे समेत छलफल भएको थियो । यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा नेपालीले विभिन्न समस्या भोग्नुपरेको चर्चा गर्दै ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्नसमेत निर्देशन दिनुभयो । उहाँले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन दिनुभयो ।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवलगायत विशिष्ट पदाधिकारी सहभागी हुनुहुन्थ्यो । रासस