२० श्रावण २०८३, बुधबार
,
Latest
कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले युवा नीति परिमार्जन गर्दैछ: मन्त्री लिम्बू



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माईतीघरबाट शुरु भएको युवा पदयात्रामा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको बताउनु भयो ।

उहाँले युवाहरुलाई कसरी बढी भन्दा बढी स्थान र भुमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको र नीतिमा आवश्यक पर्ने सुझावहरु दिनका लागि युवाहरुलाई आह्वान गर्नुभयो । उहाँले युवाहरुलाई देशको नेतृत्व गर्नका लागि तयार हुनपनि आह्वान गर्नुभयो । मन्त्री लिम्बूले आफूलाई समयानकुल परिवर्तन गरी सबैलाई एकत्रित बनाइ देश विकास र देश निर्माणको संक्ल्प गर्न आग्रह गर्नुभयो । उहाँले देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना समयमा नै हुन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा परिषद्को माध्यमबाट युवा नीति परिमार्जन गर्नेकुरामा अघि बढेका छौँ । युवाहरुलाई कसरी स्थान दिने भन्नेमा मन्त्रालय अघि बढेको छ । युवाहरुले आगामी दिनमा अब यो देश हाँक्ने, यो देशको नेतृत्व गर्ने कुरा अब युवाहरुको काँधमा छ । त्यसैले समयानुकुल आफूलाई परिवर्तन गर्दे देश हाँक्न अब तयार हुनुस् । सबैलाई एकत्रित गरी देश विकासमा, देश निर्माणमा लगाउने संकल्पसहित अघि बढ्नुपर्छ ।

युवाबाट जुन असन्तुष्टि व्यक्त भइरहेको छन्, त्यो जति चाँडो मात्रामा देशमा परिवर्तन, विकास, रोजगारी सिर्जना हुनुपर्दथ्यो, त्यो हुन सकेन, त्यसका लागि चाँडो सरकारले काम गरोस् भन्ने जुन युवाहरुको आवाज छ, त्यसलाई म सम्बोधन गर्न चाहन्छु । हामी सबै मिलेर देशको विकास गर्न सक्छौँ । यो मुलुकमा धेरै राजनीतिक परिवर्तन भइसके तर जनताको आधारभुत आवश्यकता परिवर्तन हुन सकेन भन्ने जुन गुनासो छ, त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’

मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी देखिएको बताउनु भयो । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।