• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ: सांसद पौडेल ★   गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरे: काँग्रेस सांसद केसी ★   उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको चेतावनी गोली ★   कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन ★   पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने ★   बानेश्वरमा सहकारी छानबिन समितिको बैठक जारी ★   सोनाक्षी र जहीर इकबालले २३ जुनमा कोर्ट म्यारिज गर्ने ★   ‘पञ्चायत ३’ की अम्मा जीले अझै गरेकी छैनन् बिहे ★   सरकार पूर्णत: असफल भइसक्यो, राजीनामा गर्नुस्: सांसद कार्की ★   गृहमन्त्रीलाई काँग्रेस सांसद राणाको प्रश्न: सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?

एकीकृत समाजवादीको बैठक भदौ पहिलो हप्ता



file photo

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना र रणनीति केन्द्रीय कमिटी बैठकले पारित गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

पार्टीको महाधिवेशनको निर्णय गर्ने प्रमुख जिम्मेवारी रहेको बैठकमा रिपोर्टिङ/राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र हाम्रो कार्यभार र विविध विषयमा छलफल गरिने छ ।

महासचिव भुसालका अनुसार केन्द्रीय कमिटी बैठक अगाडि पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते राखिएको छ । सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने उक्त बैठकमा जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे बहस गरिने छ । बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्षनेतालाई जिम्मेवारी प्रदान गरिने बताइएको छ । रासस