२३ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रिपूर्ण खेलः कस्तो छ नेपाली फुटबल टोलीको तयारी ?



अ+ अ-

काठमाडौं । आगामी मे २९ मा इराकसँग तय भएको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली तयारी सुरु गरेको छ । नेपाल सुपर लिगको फाइनल खेल बाँकी रहेको अवस्थामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यस अघि सार्वजनिक गरेका खेलाडीलाई सवावेश गर्दै प्रशिक्षण थालेका हुन ।

नेपाल सुपर लिगका फाइनलिस्ट टोली धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका छन् । समय सिमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम विना अभ्यास थालनी गरेका हुन । उनले सुरुआती चरणमा नेपालले कसरी रक्षात्मक बन्ने र कसरी काउन्टर गर्ने भन्ने विषयलाई विशेष जोड दिएर अभ्यास थालेको बताए ।

१५ दिनको समय सिमा बाँकी रहेको अवस्थामा टोलीलाई अल्मुताइरीले विहान र बेलुका दुई चरणमा अभ्यास गराइरहेका छन् । उनले प्रशिक्षणका लागि यस अघि घोषणा भएका खेलाडीलाई डाकेका हुन । केही खेलाडी धनगढी र काठमाडौं रेजर्समा रहेकाले प्रतियोगिता सकिए लगत्तै टोलीमा समावेश हुनेछन् । प्रारम्भिक चरणमा पहिलो पटक मनिष डाँगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले स्थान बनाएका छन् ।

नेपाल सुपर लिग खेले पछि बाहिर रहेका खेलाडी पनि राष्ट्रिय टोलीमा समावेश भइसकेका छन् । यद्यपि ललितपुर सिटीका अञ्जन विष्ट लगाएतका केही खेलाडी भने समावेश हुन बाँकी छन् । आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि टोली केन्द्रित रहेर अभ्यासको थालनी गरेको नेपाली टोलीका स्ट्राइकर नवयुग श्रेष्ठले बताए ।

यस्तै टोलीमा समावेश भएका सन्तोष तामाङ र आयुष घलानले इराकसँगको खेल नेपाली खेलाडीका लागि राम्रो अनुभव सगाल्ने खेल हुने प्रतिक्रिया दिए ।

मैत्रिपूर्ण खेललाई मुख्य प्रशिक्षक अल्मुताइरीले विश्वकप र एसियन कप छनौटको तयारीको रुपमा  लिएका छन् । नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।