१९ माघ २०८१, शनिबार
,
Latest
अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: विमानस्थलबाट थप दुई चिनियाँ नागरिक पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका ती दुई चिनियाँ नागरिकलाई शुक्रबार बिहान ७:४५ बजे त्रिभुवन विमानस्थलमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।

तस्करीको कालोसूचीमा रहेका चिनियाँ नागरिक लिजिया लिन र लिउफुयानलाई चीन जान लागेका अवस्थामा विमानस्थलको अध्यागमन टोलीले पक्राउ गरेको हो ।

यो प्रकरणमा अनुसन्धानको जिम्मा पाएको सीआईबीले यसमा चिनियाँको कनेक्सनबारे अनुसन्धान गरिरहेको छ ।