• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो ★   बुबाको मार्गदर्शन अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर ★   सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका ★   आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद ★   कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी

यी हुन् संसारका सबैभन्दा खतरनाक पाँच ठाउँहरू जहाँ मृत्यु पनि डराउछ



लेक नेट्रोन

एजेन्सी । मृत्युको मिति कहिले आउछ कसैलाई थाहा छैन, तर संसारमा यस्ता केही ठाउँहरू छन् जहाँ मृत्यु पनि डराउछ । संसारमा यस्ता खतरनाक ठाँउ पनि छन्, ती ठाउँहरूमा जानुको अर्थ जुनसुकै बेला ज्यान जान सक्छ।

जानौँ विश्वका अत्यन्त खतरनाक मानिने पाँच स्थानहरु:

दानाकिल मरुभूमि

दानाकिल मरुभूमि

इथियोपियामा अवस्थित यो ठाउँ संसारको सबैभन्दा तातो ठाउँ हो। यो पृथ्वीको सबैभन्दा सुख्खा र तल्लो क्षेत्र मध्ये एक हो। ज्वालामुखीबाट निस्कने लाभा र विशाल नुन भण्डारले भरिएको यो ठाउ हेर्दै अचम्मको छ। यो घातक मरुभूमि १० लाख टनभन्दा बढी नुनले ढाकिएको छ।

 

डेथ भ्याली

डेथ भ्याली

डेथ भ्याली, नामले नै थाहा हुन्छ कि यहाँ जुनसुकै बेला कसैको अन्त्य हुनसक्छ । नेभाडा र क्यालिफोर्नियाको बीचमा रहेको यो डेथ भ्याली उत्तर अमेरिकाको सबैभन्दा तल्लो बिन्दु हो। यसलाई चरम भूमि पनि मानिन्छ। यहाँको उच्चतम तापक्रम ५६.७ डिग्री सेल्सियस रहेको छ। यति मात्र होइन, डेथ भ्यालीमा ७ सय पाउण्डसम्म तौल भएका ढुङ्गाहरू आफैँ सर्छन् । ती ढुङ्गाहरू किन सर्छन् भन्ने रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेको छैन ।

लेक नेट्रोन

लेक नेट्रोन

लेक नेट्रोन उत्तरी तान्जानियाको एउटा खतरनाक ताल मानिन्छ । पत्याउनै गार्हो पर्ने यस खतरनाक नुन तालले जनावरहरूलाई सिधै ढुङ्गामा जमाईदिन्छ । लेक नेट्रोनको अत्यधिक प्रतिबिम्बित र रासायनिक रूपमा बाक्लो पानीले चराहरूलाई झुक्काउने गरेको छ । तालको नजिक पुग्नेबित्तिकै उनीहरु त्यहा खस्छन् र केहि सेकेण्ड मै मर्छन् ।

माउन्ट वाशिंगटन

माउन्ट वाशिंगटन

अमेरिकाको सबैभन्दा खतरनाक ठाउँहरू मध्ये एक माउन्ट वाशिंगटन पनि हो । यहा पृथ्वीको सतहमा सबैभन्दा शक्तिशाली हावा प्रवाह हुन्छ भनेर गिनिज रेकर्डमा पनि रेकर्ड गरिएको छ। यहा हावाको गति २०३ माइल प्रति घण्टा सम्म पुग्छ। माउन्ट वाशिंगटनको यात्रा अन्त कतै भन्दा बढी खतरनाक छ किनभने तीव्र हावा मात्र नभएर यहाँको माइनस ४० डिग्री तापक्रमले जो कोहिको लागि घातक साबित हुन सक्छ।

स्नेक आईल्याण्ड

यो पृथ्वीको सबैभन्दा घातक ठाउँहरू मध्ये एक हो। साओ पाउलोबाट ९० किलोमिटर टाढा रहेको यस टापुमा संसारमा सबैभन्दा धेरै सर्प पाइन्छ। स्नेक आइल्याण्डलाई इल्हा दा क्विमाडा ग्रान्डे को नामले पनि चिनिन्छ, जहाँ प्रति वर्ग मिटरमा पाँचवटा सर्प पाइन्छ। सर्प यति विषाक्त मानिन्छ कि जसले मान्छेको मासु समेत पगाल्ने गर्छ ।