२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस: संसदीय दलको समितिको बैठक आह्वान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाउनुभएको छ ।

बिहीबार अपराह्न ४ बजे देउवा निवासमा बस्ने बैठकमा संसद्मा जारी रहेको गतिरोधलगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ रहनुभएको छ ।

देउवाल समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गर्नुभएको छ ।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यही साउन १२ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।