२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामाथि राखिएको स्ल्याब हटाउन कपनमा पुग्यो महानगरको डोजर



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका-७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन नगरप्रहरीको टोली कपन पुगेको छ ।

बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली कपन पुगेको हो ।

काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक कपन साततलेमा डोजर लगेको भन्दै स्थानीय र नगरप्रहरीबीच झडप समेत भएको छ ।

झडपपछि महानगरको वडा नम्बर ७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीबीच वार्ता भइरहेको छ ।

गगन थापाको निर्वाचन क्षेत्र समेत रहेको कपनमा बर्षेनी बाढि र डुबानले सताउने गरेको छ । काठमाडौं महानगरपालिकाले अहिले खोलामाथि राखिएको स्ल्यापहरु हटाउदै आईरहेको छ । केही दिन अघि मात्रै महानगरले सामाखुसी खोला खुला गरेको थियो ।