• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   टेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी ★   अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त ★   आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको हो: अर्थमन्त्री पुन ★   बलिउड स्टारको पारिश्रमिक लगातार बढेपछि अनिल कपुरले दिए फ्रिमा काम गरेको उदाहरण ★   धनराजको घोषणा: मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु ★   गगनको टिप्पणी: म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ ★   नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो ★   रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ: महामन्त्री शर्मा ★   म संसारकै भाग्यमानी छु झै लाग्छ – समिक्षा अधिकारी ★   मनप्रिय मनाङ

कुमालका मौलिक परिकार र सामग्रीले तान्यो दर्शकको मन



काठमाडौं । आज २९औँ विश्व आदिवासी जनजाति दिवस देशैभरि यो दिवस मनाइरहँदा कुमाल समुदायले पनि आफ्ना मौलिक खाना, पोसाकसहितका सांस्कृतिक पहिचान प्रदर्शन गरेर काठमाडौँमा यो दिवस मनाएको छ ।

कुमाल समाज नेपाल केन्द्रीय समिति, कुमाल समाज नेपाल काठमाडौँ जिल्ला समिति, कुमाल विद्यार्थी समाज र कुमाल समृद्ध गुठीका झण्डै दुई सय प्रतिनिधि सहभागी भई आफ्नो मौलिक पहिचान र सांस्कृतिक झाँकी प्रदर्शन गर्दै दिवस मनाइएको कुमाल समाज नेपालका केन्द्रीय महासचिव इ गणेश कुमालले जानकारी दिनुभयो ।

उनीहरूले आज काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भएको दिवसको राष्ट्रिय समारोहस्थलमा स्टल नै राखेर काठमाडौँवासीलाई मौलिक परिकार र पहिचान देखाउने प्रयास गरेका थिए । साँझ अबेरसम्म राखिएको स्टलमा माछालगायतका मौलिक रोटी, कालो मासको दालबाट बनाइने फुरौला (बटुक), केराको बुङ्गाबाट बनाइने अचार, तामा र तरुलको तकारी, चुकाउनी, चामलको पिठोबाट बनाइने ढिकर, डाबर साग प्रदर्शन गरी आगन्तुकलाई कुमाल समुदायका मौलिक परिकार पनि चखाएका थिए ।

उनीहरूले खानाका परिकारका साथै कुमाल समुदायले प्रयोग गर्ने मौलिक सामग्री पनि प्रदर्शन गरेका थिए । उनीहरूले स्टलमा प्रदर्शन गरेका माछा मार्ने जाल, माछा राख्ने फुर्लुङ, सिप्रिङ, थुन्छे, ढकी, पानी पर्दा ओड्ने छत्रीमा दर्शकको आकर्षण देखिएको थियो । यो उनीहरूका कामकाजका बेला प्रयोग गर्ने यी मौलिक र नभई नहुने सामग्री हुन् ।

त्यसअघि कुमाल समुदायका प्रतिनिधि काठमाडौँको भृकुटीमण्डपबाट निस्किएको झाँकीसहितको र्‍यालीमा सहभागी भएका थिए । र्‍यालीमा भृकुटीमण्डपबाट जाल हान्दै प्रज्ञा प्रतिष्ठानसम्म पुगेको प्रदर्शनीको दृश्यले आकर्षण थपेको थियो । यस्तै माटाको गाग्रो काँधमा राखेर मौलिक झाँकीमा समेत उनीहरू र्‍यालीमा सहभागी भएका थिए । रासस

कुमाल समुदायले प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमममा आफ्नौ मौलिक पाङ्दुरे नाच पनि प्रस्तुत गरेका महासचिव कुमालले जानकारी दिनुभयो । उनीहरू कार्यक्रममा सहभागी हुँदा कुमाल समुदायले लगाउने आफ्नो मौलिक पोसाकमा प्रस्तुत भएका थिए ।