२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेकु र सङ्खुवासभा घटनाबारे छानबिन समिति गठन



अ+ अ-

काठमाडौं । एक अधिवक्ताले दिएको अभिव्यक्तिका विषयलाई लिएर साउन १७ गते प्रहरी परिसर टेकुमा भएको धर्नामा प्रहरीले बल प्रयोग गरेको भनिएको घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आज उक्त घटनाको छानबिनका लागि समिति गठन गरिएको जानकारी दिनुभयो ।

गृहमन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा गठित छानबिन समितिलाई घाइते भएका व्यक्तिबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको समय तोकिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन् ।

त्यस्तै कारागार कार्यालय सङ्खुवासभासभाका कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको आज कारागारभित्रै मृत्यु भएका सम्बन्धमा समेत सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न आजकै निर्णयानुसार अर्को समिति गठन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रतिनिधि सदस्य रहेको जनाइएको छ । रासस