२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेता फेरि बैठक बस्दै



अ+ अ-

काठमाडौं । संसद्को अवरोध खुलाउन प्रमुख तीन दलका शीर्ष नेता बैठकमा बस्दैछन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शीर्ष नेताहरु बैठकमा बस्न लागेका हुन्।

१ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अगावै अवरुद्ध बैठक सुचारु गर्नका लागि सहमति खोज्न शीर्ष नेताहरु छलफलमा बस्न लागेका हुन्।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा सहभागि हुनेछन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।